हुम्लाको लिमीमा पुग्यो ६९ क्वीटल खाद्यान्न हेलिकोप्टरमार्फत
२०७८ मंसिर १४विहीबार
हुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको लिमीमा खाद्य संकट भए पछि हेलिकोप्टरमार्फत ६९ क्वीन्टल खाद्यान्न पु¥याइएको छ नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्याउन नेपाली सेनाको हेलिकप्टर खाद्यन्न लिमी पु¥याएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
सिमकोटबाट दुई वटा उडान भर्दै हेलिकोप्टरले २१ क्वीन्टल खाद्यन्न लिमी ढुवानी गरेको थियो। यता हिल्सामा रहेको ४६० क्वीन्टल मैदा र बीस बोरा चामलमध्ये हेलिकोप्टरले चार वटा उडान भरेर ४८ क्वीन्टल ढुवानी भएको प्रजिअ आचार्यले जानकारी दिए।
हेलिकप्टरको बढी वजन बोक्ने क्षमता भए पनि उच्च क्षेत्रमा उडान भर्नुपर्ने भएपछि १० देखि १२ क्वीन्टल मात्र खाद्यान्न बोकेको थियो।
खाद्यन्न समस्या देखिएको भन्दै लिमीबाट २७ जना स्थानीयको टोली वडा अध्यक्षको नेतृत्वमा हिउँ छिचोलेर सिमकोट आइपुगेको थियो। वडा अध्यक्ष तामाङ काठमाडौँसम्म समस्या समाधानका लागि पुगेका थिए।हेलिकप्टरको पहिलो उडानमा खाद्यन्न लिएर हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सासद रंगमती शाही र वडा अध्यक्ष तामाङ पनि गएका थिए।
उनका अनुसार आज ४८ क्वीटल पिठो र २१ क्वीटल चामल लिमी लगिएको छ । लिमीमा खाद्य संकट भए पछि जनप्रतिनिधिहरू खाद्यान्नको माग लिएर काठमाण्डौं पुगेका थिए ।