प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, अस्पताल भर्ना

फिल्को मिसन

२०७८ मंसिर १४विहीबार
काठमाण्डौ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन । हिजो सोमवार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आएको र निमोनियासमेत देखिएपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उहाँलाई भर्ना गरिएको हो।
प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए । अस्पताल भर्ना भए पनि उहाँको स्वास्थ्य अवस्था ’स्थिर’ रहेको अस्पतालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस