ब्रेन ट्युमर पीडित सिहंलाई आर्थिक अभाव, उपचारमा समस्या

अर्जुन बोहरा

कार्तिक १७, २०७८ बुधबार,
सुर्खेत । दुर्गुम हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका वार्ड नम्बर ७ डाँडाफायाका ब्रेन ट्युमर पीडित ४० वर्षीय मनविर सिहंलाई आर्थिक अभावमा उपचारमा समस्या देखिएको छ ।
सामान्य गरिव परिवारका सिहंलाई ब्रेन ट्युमर भएपछि अहिले कर्णाली प्रदेश हस्पीटल स्थीत कालागाउँ सुर्खेत अस्पतालमा उपचाररत रहेको उहाँ भतिजा चिरनजिबी सिहले बताए । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण गत ७ महिना अघिनै डाक्टरले अपरेसन गर्नु पर्छ भने पनि १५लाख रुपैया लाग्ने भएकोले अहिले अप्रेसन गर्न नसकेको गह भरी आँसु बगाउदै ब्रेन ट्युमर पीडित मनविर सिहं बताउछन् ।अहिले त झन सिंहले २ हप्ता अघि बाट आँखा पनि देख्न छोडेको बताउदै आर्थिक अभावले आफुले उपचार गर्न नसकेको बताउँछन । उहाँको परिवारमा उहाँसगै आम, एक छोरी,२वटा छोरा र श्रीमती छन् । उहाँकै भरमा गुजारा गरेकै परिवारमाथि ठूलै बज्रपात आइपरेको छ ।
यो रोगको उपचारको लागि कम्तीमा नेपाली १०देखि १५ लाख रुपैयाँ लाग्ने हुँदा आर्थिक श्रोत नभएपछि उहाँको जीवन रक्षाको लागि परिवारले सहयोग गर्न अनुरोध गरेको दाई मन्दिर सिहंले जानकारी गराउनुभयो । यसका लागि कृषि बैक हुम्ला शाखाको दाई मन्दिर सिहंको नाममा रहेको खाता नं ०७२१७०१९३२२०५०१६ मा सहयोग रकम जम्मा गरिदिन सहयोगी मनहरुलाई परिवारले अनुरोध गरेको छ । उनले आफ्नो सहयोगका गर्न चाहने महानुभावलाई ९८६३४५४६८१ /९८५२८३२२११ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छ्न।

प्रतिक्रिया दिनुहोस