धुलिखेलमा पुगेर प्रचण्डले लिए मज्जा जिपलाइनको अनुभव

फिल्को मिसन

कात्तिक ५, २०७८ शुक्रबार
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइनको मज्जा लिएका छन ।
पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका अध्यक्ष दाहालले क्लासिक जिपलाइनको अनुभव लिनुभएको हो । साहसिक गतिविधिमा आफूलाई रूचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताउनुभयो ।
सिन्धुपाल्चोकका केदार थापा काठमाण्डौका भूपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रालिमार्फत धुलिखेलमा जिपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याउनुभएको थियो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेशन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

प्रतिक्रिया दिनुहोस