पहिरो पीडितले पाए नयाँ घर

२५ असोजन २०७८ सोमबार
ताँजकोट । हुम्लाको ताँजकोटगाउँका पहिरो पीडितले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले डेढ वर्षअघि बाढी पहिरोले घरमा क्षति पुर्याएपछि विस्थापित घरपरिवारलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आइतबार हस्तान्त्रण गरेका छन । कर्णाली प्रदेश सरकार द्धारा निमार्ण भएका १ सय ५० घरहरु कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाही सहति नेकपा माओबादी केन्द्र हुम्लाका ईन्चार्ज बिजय भण्डारी,जिल्ला अध्यक्ष लालकेश जैसी गाउँपालिकाका अध्यक्ष बागदल मल्ल हेलीकप्टर मार्फत गाउँपालिकामा आएर हस्तान्त्रण गरेको वडा अध्यक्ष ४का प्रसान्त धमलाले बताए ।
२०७७ साल साउन महिनामा गाउँमाथिबाट खसेको पहिरोले ताजाँजाकोट गाउँपालिकामा करिब ३ सय ८० घरहरु घरमा क्षति पु¥याएको थियो । बाढीले सबै घर बगाए पछि त्रिपाल भित्र बसी रहेको अबस्थामा कर्णाली प्रदेश सरकारको टोली हेलीकप्टर मार्फत अनुगमन गरी बाढीले बगाएका सबै घरहरु प्रदेश सरकारले निर्माण गरेका छ । पहिरोले गाउँ नै जोखिममा परेपछि उनी विस्थापित बनेका थिए । आफ्नो परिवारका लागि नयाँ घर बन्दा ताँजाकोट गाउँपालिकाकी – ३ को चौतारी गाउँकी पिउली सार्कीले बताइन । नयाँ घरमा बस्न पाउने भएपछि १ सय ५० घरका पहिरोको सास्ती बिर्सन थालेका छन् । एउटै त्रिपालमा १० जनाको परिवार कष्ठसाथ बस्नुप¥यो,’ सार्कीले भनिन् ‘नयाँ घर बनेपछि पहिरोको सबै पीडा भुलियो ।’ गाउँमा नमुना घर बनेपछि जीवनस्तर सहज हुने उनको अपेक्षा उनको छ । हिउँदमा हिउको चिसो र वर्षामा पानीको समस्या भोग्दै आएका बाढी पहिरो पीडित र जोखिममा रहेका घरधुरीले सुरक्षित स्थानमा नयाँ घर पाएपछि दोस्रो जुनी सुरु भएको उनको भनाइ छ।
प्रदेश सरकाले पहिरोपीडितका लागि आवास निर्माण गरेपछि हिँउदयाममा सास्ती खेप्नुपर्ने बाध्यता हटेको नयाँ घर पाएका गोर्ख थापाले बताए । ‘गत वर्षसम्म आकाशबाट पानी पर्न थाले त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अब ढुक्कले आफ्नै घरमा बस्न पाइने भयो ।’ पहिरोले खेतबारी बगाएपछि छाक टार्न भने समनस्या अझै समस्या भएको बताए ।
प्रदेश सरकारले सबै घरधुरीलाई दुईतले शौचालयसहितको पाँच कोठे भवन हस्तान्तरण गरिएको अध्यक्ष बागदल मल्लले बताए । त्यतिबेलै गाउँपालिकाले पाल सहयोग गरेर सुरक्षित स्थानमा बासका सहयोग गरेको थियो। यसका लागि प्रदेश सरकारले गाउँपालिकाको समन्वयमा पाँच लाख रुपैयाँ सहयोग गरेको बताउनु भयो । गाउँपालिकाको वडा नम्बर ४ का चार वटा बस्ती पहिराको उच्च जोखिममा रहेको र क्षति पुगेका १५५ घरधुरी २०७७ सालदेखि पालमुनि बस्दै आएका थिए।सबै घरधुरीलाई दुईतले शौचालयसहितको पाँच कोठे भवन हस्तान्तरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए।