अवको चुनाव पछि माओवादी पहिलो पार्टी बन्ने : प्रचण्ड

फिल्को मिसन

२०७८भाद्र।३०गते बुधबार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुने बताएका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत गर्नुभयो । “संगठन संरचना र विचार देशैभरि पुर्याएर जाने हो भने यो पार्टी फेरि एक नम्बरको पार्टी बन्छ,” प्रचण्डले भने,“शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच÷सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो ।”
माओवादी ठुलो पार्टी बन्द्ध भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएको उनले उल्लेख गरेका थिए । माओवादीको बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरुलाई पहिलो पार्टी बनेर जबाफ दिएका उनको भनाइ थियो । ‘यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन्,’ उनले भने, ‘यो १५ वर्ष देशको राम्रोसँग नेतृत्व गर्न नपाई बितेछ ।’प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस