नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

फिल्को मिसन

२०७८भाद्र,२३ बुधबार
काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा आज २ बजे बैठक बस्न लागेको हो । आज ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन हुनुभएको छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस