पार्टीलाइ जेठ २मा फर्काउन नसिकने एमाले अध्यक्ष ओली

२०७८भाद्र,२२मंगलबार
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाइ पूर्ण रुपमा जेठ २ को संरचनामा फर्काउन संभव नरहेको बताउनुभएको छ ।माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला अध्यक्ष ओलीले भने जेठ २ मा जस्ताको त्यस्तै फर्किन सम्भव नभएको बताउनुभयो । आज पोखरामा आयोजित कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले जसो गर्दा समस्या समाधान हुन्छ त्यसो गर्ने बताउनुभयो । पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो । तत्कालिन माओवादी केन्द्रका नेताहरु पनि हाल एमालेमा नै रहेकाले १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने उहाँको भनाइ थियो ।