हुम्लामा ५जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
२०७८भाद्र,२१ सोमबार
सिमकोट । हुम्लामा नेकपा एमालेका ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित पाँच जना जनप्रतिनिधिहरुले दल त्याग गरि एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जिल्ला समन्वय समिति १जना र गाउँपालिकाको कार्यपालिका सदस्य सहित वडामा निर्बाचित ५जनाले नेकपा एमाले दल त्यागमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी ओम प्रकाश महत्तोले बताए ।
नेकपा एमाले त्यागेर नेकपा एकिकृत समाजबादीमा आजैबाट समाहित भएको जिल्ला समन्वय समितिका सदस्य अजबिर शाहीले बताउनु भयो । उहाँ लगाएत अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले दल त्यागमा सनाखत गरेका हुन ।
यसरी जनप्रतिनिधिहरुले दल त्यागमा सनाखत गर्ने पाँचै जना जनप्रतिनिधिहरु पहिलो भएका छन् । अदानचुली गाउँपालिकाको कार्यपालिका १४ सदस्यीय भएकोमा एमालेका ११ जनामा १० जनामा सिमित हुन पुगेको छ । पार्टी बिभाजनपछि पहिलो पटक हुम्ला आई पुग्नु भएका कर्णाली प्रदेश कमिटि सदस्य हस्त बहादुर शाही, एमाले सचिव तीर्थराज रोकाया र प्रदेश कमिटि सदस्य शिवराज शर्मा लगायत उपस्थिती भई कार्यालयमा गएर पाँचै जनाले दल त्यागका दस्तखत गरेका हुन ।