निजामति सेवा दिवसको अवसरमा सेनाद्धारा वृक्षारोपण

फिल्को मिसन

२०७८भाद्र,२०आइतबार
सिमकोट । निजामति सेवा दिवसको अवसरमा पारी हुम्लाको सिमकोटमा रहेको बराहदल गुल्म रानिवनमा वृक्षारोपण गरेको छ । आफ्नो इलाका र सामुदाय वनमा जनप्रतिनिधि र कर्मचारीको सहभागितामा सेनाले वृक्षारोपण गरेको हो। खाली वनमा लौठ सल्ला र सल्लाका विरुवा रोपिएको बराह दल गुल्म रानीवनले जनाएको छ।
वातावरण तथा पर्यावरण संरक्षणको लागी वातावरण जगेर्ना गर्ने उदेश्यका साथ वृक्षारोपणको आयोजना गरिएको बराहदलका गुल्मपति गणेश खड्काले बताए । सैनिक इलाका र सार्वजनिक रुपमा खाली रहेको वनमा दुई सयभन्दा बढी बिरुवा रोपिएको छ।
यसअघि पनि सरसफाई, धारा निर्माण, शौचालय निर्माणजस्ता सामाजिक कार्य गर्दै आएको गुल्मले यस्ता कार्य आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। रानीवन व्यारेक भित्रको सार्वजनिक वनमा जनप्रतिनिधि र कर्मचारीको सहभागितामा सेनाले वृक्षारोपण कार्यक्रम गरेका थिए । उक्त बनमा विभिन्न जातको सल्लो र ओखरका बोर्टहरु रोपिएको बराह दलका गुल्मपति खड्काले बताए ।
उनका अनुसार वृक्षारोपणमा २ सय ६३ वटा बोर्टहरु मध्ये ३० वटा ओखर, ३० वटा रिठो, ५० वटा लेकवेशी सल्लो, ५० वटा लोकल सल्लो र अन्य विभिन्न जातका १ सय ३ वटा सल्लोका बोटहरु रोपिएको बताउनु भयो । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री दल रावल, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, जिल्ला न्यायाधीश जगतबहादुर पौडेल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत, सहायक प्रमुख जिल्ला अधिकारी दसरथ राई लगायतका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस