एमसिसी पारित गर्नु भनेको नेपालको लागि राष्ट्रघातिक हो : शुशिल
२०७८ भाद्र १९ शनिवार
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीका केन्द्रिय अध्यक्ष कर्णजीत बुढाथोकी (शुसिल) ले एमसिसी नेपालका लागि घातक हुने बताएका छन् । चियापान तथा शुभाकामना कार्याक्रमा आफनो भनाई राख्दै देशव्यापी अभियानका क्रममा हुम्लामा पुगेका नेता शुशिले “ एमसिसीपास गर्नु हात एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्ड तिनै जनाको हात रहेको आरोप लगाए । शुशिलले कुनै पनि हालतमा नेपालमा एमसिसी लागू गर्न नदिने आफनो पार्टीको मुख्य एजेण्ड रहेको बताए ।”
हुम्लाको उतरी चिन संग जोडिएको सीमा लाई लिएर दुबै देशका सीमा विद्ध लगायतको कुटनितक तवर टुग्याँउन पहल गर्नु पर्ने बताए । तर केही व्यक्तिहरुले नेपाल र चीनबीच कथित सीमा विवाद निम्त्याउने चहलखेल अन्य देश बाट पात्र बनिरहेको खुलासा अध्यक्ष शुसिले गरे ।
उहाँले दुई तिहाई प्राप्त कम्युनिष्ट सरकार केपी ओली, प्रचण्ड र माधव नेपालको अदूरदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गर्नुयभो । बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान सन्चालन समेत गरीरहेको बताउनुभयो । तीनवर्ष पुगेर कम्युष्टि गठबन्धन फुटेर आ आफ्नै पार्टीमा पुनस्थापित भएपनि दोस्रो तहका नेताहरुलाई जिम्मेवारी दिएर नेपालमा कम्युष्टि पार्टीहरु एक हुनुपर्ने उहाँको जोड थियो ।
केपी ओलीले अध्यादेशमार्फत पार्टी मार्फत निती ल्याएको भएपनि देशमा चर्को विरोधले कार्यान्वय हुन नसकेपनि फेरी पनि कांग्रेसका सभापति शेर बहादुर देउवाले उहि बाटो रोजेर ल्याएको अध्यादेशले देशमा राम्रो सन्देश नदिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र समाजवादी हुम्ला जिल्लाको भाद्र १५ गते जिल्ला सम्मेलनको तयारी भईरहेको जिल्ला अध्यक्ष रंगमल रोकायाले जानकारी दिनुभयो ।