हुम्लाले बनायो एमाले पार्टी एकता पहल

फिल्को मिसन

२०७८भाद्र,१९ शनिबार
हुम्ला । नेकपा एमाले हुम्लाले पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिति गठन गरेको छ ।
शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठक एमाले हुम्ला जिल्ला अध्यक्ष दल रावलको संयोजकत्वमा जिल्लाका शीर्ष नेताहरु सम्मिलित तीन सदस्यीय पार्टी एकता पहल समिति गठन गरेको छ ।
बैठकले पार्टी एकता र १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नेतिर केन्द्रित भएर निर्णय गरेको अध्यक्ष दल रावलले बताउनु भयो । सबै ७ वटा गाउँपाmिलका ४४ वडा तहका संरचनाहरुलाई थप मजबुत बनाउन जिल्लास्थित शीर्ष नेताहरुलाई कार्य विभाजन सहित खटाएको बताए ।
एमाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन १२ अनुसार पार्टी अधिवेशनको तयारी गर्न, संगठित सदस्यता नवीकरण र पार्टीका आन्तरिक काम गर्ने तयारी लगायतका निर्णय समेत गरेको छ । बैठकले पार्टी सचिव तीर्थराज रोकाया माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएपछि रिक्त रहेको सचिवमा उपसचिव पूर्णप्रसाद ढकाललाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस