केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप प्रचण्डको भानाइ

फिल्को मिसन

२०७८ भाद्र,१२ शनिबार
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन्।
अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरेका हुन्। आज काठमाडौंमा आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उहाँले भन्नुभयो । प्रचण्डले युवाहरु तयार नहुँदासम्म मैले आफुले सुख पाउने अवस्था नआएको पनि बताउनुभयो । युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले आफुलाइ पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताउनुभएको छ । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदा सम्म आफुले सुख पाउने सम्भावना नरहेको उहाँले बताउनुभयो । छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ । आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उहाँले भन्नुभयो । जनयुद्धको समयमा भन्दा युवाहरु प्रिवर्तन भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए । वाइसीएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर वाइसीएल नेपालको आधिकारिक वेबसाइट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस