४८ जिल्लाका काँग्रेसका क्रियाशील सदस्यको नामावली प्रकाशित

फिल्को मिसन

२०७८ भाद्र,१२ शनिबार
काठमाडौं । नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरेको छ।
कांग्रेसले १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो।
क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लाहरूमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।
निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपुर (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, पाल्पा, रूकुम (पूर्वी भाग), रोल्पा, रूकुम (पश्चिम भाग), जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो।
यसैगरी भदौ ११ गते समितिले धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख, दाङ, सल्यान, कालीकोट, जाजरकोट, दैलेख, अछामको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको संयोजक यादवले जानकारी दिए।

कांग्रेसले भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस