देउवा र पौडेलबीच भेटवार्ता

२०७८भाद्र,११ शुक्रबार
काठमाण्डौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्ने बारेमा छलफल चलिरहेको बताएको छ।
शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकको निर्णयअनुसार उनले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दवाव दिन लाग्नुभएको नेता डा. मीनेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । बैठकमा पार्टीका जिल्ला सभापतिहरूको मागअनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दवाव दिने निर्णय गरिएको थियो । नेपाली काँग्रेसको महाधिवेशन वैधानिक ढंगले आगामी मंसिर ९–१३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।