काँग्रेस पार्टी कार्यालयमा २५ जिल्ला सभापतीद्धारा धर्ना
२०७८भद्रा,९बुधबार
काठमाण्डौं । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्र्ने भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले हिजोबाट धर्ना सुरु गरेका छन् ।
महिना दिन भन्दा लामो समय देखि धर्ना बसिरहेकाहरुको माग सम्बोधन नहुँदै फेरी संस्थापन इतर पक्षका २५ जिल्ला सभापतिहरु पनि क्रियाशिल सदस्यको नामावली सार्वजनिक गर्न भन्दै धर्नामा बसेका हुन्। काँग्रेस महाधिवेशनका मतदाता हुने क्रियाशील सदस्यको विषयलाई लिएर यसअघि पनि केही नेता कार्यकर्ता धर्नामा बस्दै आएका छन् ।
नेता रामअयोध्या प्रसाद यादवको धर्ना ४३ दिनमा बल्ल हिजो सकिएको छ । तर केही नेता कार्यकर्ता ३२ दिन देखि धर्नामा बसिरहेका छन् । सानेपा स्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयको मुल ढोकाको बायाँपट्टी केही नेता कार्यकर्ता टुक्रुक्क बसेका छन् । त्यसको ठिक पछाडी भित्तामा न्यायका लागि धर्ना लेखिएको ब्यानर टाँगिएको छ ।
कैलाली क्षेत्र नम्बर १ स्थित टिकापुर–१ बाट आएका उनिहरु क्रियाशील सदस्यता वितरणमा एकलौटि गरिएको भन्दै धर्मामा बसेको बताएका छन् । महिना दिन भन्दा लामो समय देखि धर्ना बसिरहेकाहरुको माग सम्बोधन नहुँदै संस्थापन इतर पक्षका २५ जिल्ला सभापतिको धर्ना पनि सुरु गरेका छन् । मनपरी ढङ्गले सदस्यता थप गरेकाले नामावली सार्वजनिक गर्न माग गरिएको सिन्धुपाल्चोक काङ्ग्रेस सभापति विकास लामाले बताउनुभयो । २०७७ को फागुन ७ देखी गर्ने भनिएको काङ्ग्रेस महाधिवेशन सदस्यता विवादकै कारण भदौमा सारिएको थियो । तर तोकिएको मितिमा पनि महाधिवेशन गर्न नसक्ने भएपछि, पुनः मंसिर ९ देखी १३ गतेसम्मको मिति तोकिएको छ ।
मतदाताको नाम सार्वजनिक नभई अधिवेशन हुन नहुने बाराको महागढिमाई नगरपालिकाका उपप्रमुख समेत रहनुभएका काँग्रेस कार्यकर्ता तारादेवी कानुले बताउनुभयो । विधानअनुसार सदस्यता नवीकरण र वितरण हरेक वर्ष गरिनुपर्ने भएपनि त्यस्तो नहुँदा समस्या हुँदै आएको छ ।