एमालेले गठन गर्यो गण्डकी प्रदेशमा ‘छाया सरकार’

फिल्को मिसन

२०७८ श्रावण ३०गते शनिबार
पोखरा । नेकपा (एमाले)ले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । सरकारको कामलाई निगरानी गर्दै प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउँने उदेश्यले एमालेले छाया सरकार गठन गरेको जनाएको छ ।

गण्डकी प्रदेशमा साढे तीन वर्षसम्म एमालेकै सरकार थियो । एमाले केन्द्रीय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री थिए । छाया सरकारमा पुर्व मुख्यमन्त्री गुरुङलाई कुनै जिम्मेवारी नदिइ आउट गरिएको छ । अहिले काँग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् । सरकारबाट बाहिरिएसँगै एमालेले सरकारको कामलाई निगरानी गर्नका लागि छाया सरकार गठन गरेको गण्डकी प्रदेशसभाका सांसद राजीव पहारीले बताए ।
एमाले गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले पार्टीले सबै मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह गठन भएको बताए ।

                                           गण्डकी प्रदेशमा छाया सरकार संयोजक

१.मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजक– मोहन प्रसाद रेग्मी
२. भौतिक पूर्वाधार, विकास तथा यातायात संयोजक – रामशरण बस्नेत
३. उद्योग, पर्यटन, वन तथा वातावरण संयोजक –विकास लम्साल
४. सामाजिक विकास मन्त्रालयसंयोजक – नरदेवी पुन मगर
५. कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक – चन्द्र मोहन गौचन
६. अर्थ मन्त्रालयको संयोजकमा– इन्द्रलाल सापकोटा
७. भूमि, व्यवस्था, कृषि मन्त्रालयको संयोजकमा –मित्रकुमारी गुरुङ
८. ऊर्जा, खानेपानी मन्त्रालयको संयोजक – मीनप्रसाद गुरुङ
९. स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोज –राजीव पहारी

 

प्रतिक्रिया दिनुहोस