अपमान सहेर एकता नहुने : बरिष्ठ बष्ठि नेनेता नेपाल

फिल्को मिसन

२०७८ श्रावण ३०गते शनिबार
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको सबै ढोका बन्द गरेर पार्टी पुनर्गठन प्रक्रियामा लागेको वरिष्ठ नेता माधवकुमार नेपालले आक्रोश व्यक्र गरेका छन ।
शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले भने, ’पार्टी एकताका सबै ढोकाहरू बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न सकिँदैन। पार्टी एकताका लागि अझै पनि कोसिस गरिरहेका छौँ।’‘एमालेले जनविश्वास कायम राख्न सकेन’ उनले भने, ‘हामी अन्तिमसम्म पनि एमाले एकताको पक्षमा छौँ । तर, न रुन सकिने, न हाँस्न सकिने जस्तो अवस्था भएको छ ।’ उनले सहज बाटो रोज्न खोजेको बताउँदै थपे, ‘अपमान सहेर एकता हुन्न, त्यो बेला असहज बाटो लिनु बाध्यता हुन्छ ।’ अपमान सहदा एमालेमा वामदेव गौतम अपमानित हुनुपरेको बताउँदै नेता नेपालले घर न घाटको अवस्था आफ्नो लागि स्वीकार्य नहुने बताए । पार्टी एकताको लागि अझै केपीलाई सुधार्ने प्रयास जारी राखेको उनले सुनाए। केपीले गरेको गलत निर्णय फिर्ता लिने र निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति भए पार्टी एकता हुने स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस