काँग्रेस बैठकः पत्रकारलाई फोटो समेत खिच्न रोक

फिल्को मिसन

२०७८ श्रावण,२८ बिहीबार
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा जारी छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठक स्थलमा कडाइ गरिएको छ । समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई देउवा लगायतको फोटो मोबाइलबाट खिच्न समेत रोक लगाइएको छ । कालो मास्क लगाउनेलाई गेट मै रोकिएको छ । पत्रकारहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाको जस्तै झझल्को काँग्रेस बैठकमा देखिएको टिप्पणी समेत गरेका छन् ।
बैठकमा सहभागीलाई कालो मास्क समेत निषेध गरिएको छ । बैठक स्थलमा कालो मास्क लगाएरका गएकाहरुलाई पनि रोक लगाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस