सिमकोटमा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन
२०७८ श्रावण, २६ गते मंगबार
हुम्ल । नेकपा माओवादी केन्द्रको सिमकोट गाउँपालिका जनवर्गीय संगठनको कमिटी पुनगठन भएको छ ।
सोमबार र मंगबार भएको कार्यकर्ता भेलाले महिला, दलित मुक्त मोर्चा पुनगठन गरेको हो । दलित मुक्त मोर्चा गाउँपालिका कमिटी अध्यक्ष बिरमान सुनारको अध्यक्षतामा २१जना र अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) बविता लामाको अध्यक्षता ४१ सदस्यी गाउँपालिका स्तरीय कमिटी चयन गरेको छ ।
भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि हुम्लाका ख प्रदेशका इन्र्चाज महेन्द बहादुर शाही ‘अविराम’ ले भेलालाई सम्बोधन गर्दै संबिधान, संघियता, गणतन्त्र लगायत जनयुद्ध, जनआन्दोलनका राजनीतिक उपलब्धिको रक्षा गर्दै नेपाललाई आर्थिक, सामाजिक र भौतिक बिकासको गतिमा अघि बढाउन माओवादी केन्द्रमा आवद्ध भई पार्टी पुननिर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
सिमकोट गाउँपालिकाले अन्य पार्टी र जनवर्गीय संगठन पुनगठन अभियानलाई तिब्रता दिएको नेता अविरामले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गर्ने कदम, सर्वोच्चको संसद पुनस्थापना र नेकपा एकतालाई मान्यता नदिने फैसलापछि एमाले र माओवादी केन्द्र पुनस्थापीत भएसँगै दुवै पार्टीले राजनीतिक गतिबिधीलाई अहिले सातैवटा गाउँपालिकमा तिब्रता दिएका छन् ।