कोरोनाको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न डिसीसिएमसीको निदर्शेन

फिल्को मिसन

२०७८श्रावण,२५ सोमबार
सिमकोट । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सातैवटा गाउँपालिकामा शुक्रबार बसेको डिसीसिएमसी बैठकपछि विद्यालय सञ्चालन नगर्न सिफारिश गरेको छ ।
हुम्लााको केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको छ ।जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।
जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार बसेको डिसीसिएमसी बैठकपछि विद्यालय सञ्चालन नगर्न फोनमार्फत जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिनुभयो ।
आन्तरिक जिल्लाका सिमानाका कारण तेस्रो लहरको संक्रमण देखिन सक्ने जनाउँदै भीडभाड हुने कुनै पनि गतिविधि संचालन नगर्न डिसीसिएमसी बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिए ।गाउँगाउँमा कोरोना संक्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नसकिने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।चंखेलीमा गत २९ असार, ताँजाकोटमा १५ साउनर अदानचुलीमा २० साउनबाट विद्यालय सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस