भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता

२०७८श्रावण, २४ आइतबार
काठमाडौं । सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध ४ वटा रिट निवेदन दर्ता भएका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालका अनुसार भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको हो ।
ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको उनले बताए । निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् । गत साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।