राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०७८ श्रावण, २४आइतबार
काठमाण्डौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ पेश हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार लोक सेवा आयोग विधेयक २०७५ र विद्युत विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ ।