२४ घन्टामा थपिए ३,१०६ संक्रमित, २३ जनाको मृत्यु

फिल्को मिसन

२०७८ श्रावण,१६ गते शुक्रबार
काठमाण्डौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार १ सय ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय १६जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस