गलत प्रवृत्तिका विरुद्ध उभिने निर्देशन: वरिष्ठ नेता माधवकुमार नेपाल

फिल्को मिसन

२०७८ श्रावण,१६ गते शनिबार
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा उभिन निर्देशन दिएका छन ।
आफु निकट विद्यार्थी संगठनले राजधानीमा गरेको बृहत अखिल फोर्स भेलालाई सम्बोधन गर्दै नेता नेपालले यो सरकारले राम्रो काम गर्नु पर्ने बताए । अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभयो ।
वरिष्ठ नेता नेपालले भन्नुभयो, “राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको देशभक्त नेपाली विद्यार्थी अखिलबाट पुर्खाको सम्मान र इतिहासप्रति गौरव होस्, सङ्गठनको ओजलाई थप उचाइमा पु¥याउनुस्, सही विचार माक्र्सवाद हो, यसको अध्ययन गर्नुस् ।” लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठिक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गरेका छन ।
वरिष्ठ नेता नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन् । रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि नेता नेपालले चेतावनी दिए । ‘राजतन्त्र फेरि ल्याउने कसैले दुस्साहस गर्छ भने तिनिहरुलाई ईतिहास नलाइएका पात्र हुने बताउनु भएको छ ।
उहाँले प्रतिनिधिसभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जालझेल र षड्यन्त्र गरेर प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिँदै उहाँले लामो समयदेखि गलत बाटोमा गइरहेको कम्युनिष्ट आन्दोलनमा सही दिशामा हिँडाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले दार्चुलामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नेपाल समूहका अध्यक्ष सुरेश पराजुलीले राष्ट्रियता, लोकतन्त्र र परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको सङ्गठनले पार्टी र वाम एकताको पक्षमा निरन्तर लागिरहेको बताउनुभयो ।
अखिल फोर्सका अध्यक्ष टपेन्द्रजङ्ग शाहीले विचारबाट सुसज्जित भएकाले विचार, नीति र निष्ठाको संस्कारलाई अघि बढाउन सबैलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस