लगिप्रथाको रुपः आरनमै बित्यो जिवन
२०७८ श्रावण,१५ गते शुक्रबार
सिमकोट । हुम्लामा अधिकाँस गाउँपालिकामा अझैे लगिप्रथा कायमै रहेको छ । जनस्तरमा चेतनाको स्तर बढे पनि आर्थिक अभावले पछौटे अवस्थामा रहेको समुदायलाई सधैँ दबाइराख्ने प्रवृत्ति अझै हट्न नसकेको दलित अगुवा प्रर्वत सुनारले बताएका छन । हुम्लाका नाम्खागाउँपालिका बाहेक छवटा गाउँपालिकामा करिब ५हजार बढी घरपरिवार अझै पनि लगिप्रथाम जिवन विताउनु परेको छ । जिल्ला भरि ७ हजार जनसंख्यारहेको हुम्लामा अधिकाँस घरपरिवार लगिकैघरमा (मालिकै घर वा माथिल्लो जातिकै)आरन चलाएर जीवन गुजार्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५का बाम्टा गाउँ निवासी बजीरे सुनारले लगिकै घरमा आरन चलाएर आफना घरपरिवार एक छाक खानकोलागि आफ्नो श्रम बेच्न बाध्य भएका छन । खार्पुनाथा गाउँपालिका–५का निवासी बजिरे सुनार मात्र नभए जिल्लाभरि अधिकाँस यस्ता लगिप्रथाका उदाहरण छन ।
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ बाम्टा गाउँ निवासी ५५ बर्षिय बजिरे सुनारले लगिकै घरमा आरन पेशा बाट आफनो गुजारा चलाउनु परेको बताए। १२बर्षको उम्मरमा आरन चलाउँदै आएको अहिले ४३ बर्षमा यो पेशामा निरन्तर आफु लागेको बताए । सात जना परिवार भएको बताएका सुनारले दिन भरि कमाएको ज्याला एक छाक टार्न समस्या भएको गुनोसो गर्नु भयो । बुवाबाजेले चलाउँदै आएको पुरोनो आरान पेशा अँगाल्दै आएको बताए ।
खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ र सिमकोट गाउँपालका १र २ वडाबाट करिब ५ सय घरधुरी बाट भाँडावर्तन बनाउन आफु कहाँ लिएर आएको कुरा बताए । विहान ५ बजे देखि बेलुका ८बजे सम्म आरानमा समय विताएको हुन्छु सुनारले बताए । आरन पेसाबाट परिश्रम गरेअनुसारको फल पाउन नसकिएको उनको गुनासो छ ।
आरन पेसा गरेर जीवन धान्न मुस्किल भएपछि यो पेसामा पछिल्लो पुस्ताको चासो घट्दै गएको छ । युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्ने तथा वृद्धवृद्धाले समेत (खलो) श्रमबापत बाली मात्रै पाउँदा आरन पेसा राम्रो संग आम्दानी दिन नसकेको बताएका छन । खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहुँदा वृद्धाअबस्थामा समेत यो पेसा अँगाल्नुपरेको सुुनारको गुनासो छ।