अहिले देशमा जनमत संग्रह व्यस्थाको माग आएको : जिल्ला इन्चार्ज संगम

भक्तराज ऐडी

२०७८ श्रावण,१४ गते बिहीबार
हुम्ला । नेपाल कम्युनिस्ट पार्टीले जिल्ला जिल्लामा संगठन सुदृणिकरण तथा बिस्तार अभियान सन्चालन गरेको छ ।
केन्द्रिय सदस्य तथा हुम्ला र मुगु जिल्ला इन्चार्ज संगम ( रंगवीर परियार) ले नेपालको ७० बर्षको इतिहासमा संसदिय व्यवस्थाले देश र जनताको बिकासमा असफलता भएको र पछिल्लो लोकतान्त्रिक व्यवस्था पनि भ्रष्ट र दलाल बन्न पुगेको हँुदा अवको समाधान भनेको जनमत संग्रह बाट व्यवस्था हुनेपर्ने माग राखेका छन ।
जनयुद्धका केहि नेताहरुको गद्धारिका कारण नेपाली जनता अझै पनि उत्पिडनमा नै रहेको भन्दै उहाँले महिला, दलित, उत्पिडित वर्गको मुक्तिका लागि आफुहरु निरन्तर लडिरहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमका प्रमुख अतिथि संगम मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा सबैलाई साथ दिन अपिल गर्नुभयो ।
जनयुद्धका केहि नेताहरुको गद्धारिका कारण नेपाली जनता अझै पनि उत्पिडनमा नै रहेको भन्दै उहाँले महिला, दलित, उत्पिडित वर्गको मुक्तिका लागि आफुहरु निरन्तर लडिरहने प्रतिबद्धता जनाउनु भयो ।
प्रचण्ड, बाबुरामले सडकमा फालेको क्रान्तिको झण्डा विप्लव नेतृत्वमा उठाएर अफुहरु अघि बढेको बताएका छन । सर्केगाड गाउपालिकाको हिमज्योती मा.बि.को प्राङ्गडमा ने क पा हुम्लाको भव्य जन सभा सम्पन्न भएको छ ।
संगठन सुदृढ तथा बिस्तार अभियानमा भेरी कर्णाली जनसस्कृतिक परिवारको सस्कृतिक अभियानमा ने क पा एरिया न.२ को आयोजनामा भव्य जनसभा भएको थियो ।
सेक्रेटरि सिद्धान्त,डिसियम निर्माणले पनि आफ्नो भनाई राख्नु भएको थियो त्यसै गरि कार्यक्रममा चार पाँच सय जनाको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस