ताँजकोटमा महिला स्वास्थ्य स्वयम् सेविका छनौट
२०७८ श्रावण,१४ गते बिहीबार
सिमकोट । हुम्लाको ताजाँकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाहरु छनौट गरेको छ ।
गएको असार २८ गते गाउँपालिकाले साविका गाविसका २० जना महिला स्वयम् सेवीकालाई प्रोत्साहन सहित बिदाई गरेको थियो । गाउँपालिकाका अध्यक्ष बागदल मल्लको अध्यक्षतामा गठीत ७ सदस्यीय छनौट समितिले २२ जना महिला स्वास्थ्य स्वयम् सेबीका छनौट गरेको स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए ।
ताँजकोट गाउँपालिकाले सबै वाडालाई समेट्ने गरि छनौट समितिले र गाउँ कार्यापलिका समितीको बैठकले एसइइ र ६० वर्ष भन्दा माथिका महिलाहरु छनौट गरीएको गाउँपालिकाका अध्यक्ष समेत रहेका छनौट समितिका अध्यक्ष बागदल मल्लले जानकारी गराउनुभयो ।
छनौट भएका महिला स्वास्थ्य स्वयम् सेविकाहमा वडा नम्बर १ को जिमानामा बिनसरी रिठाल,काँडागाउँमा अनिता खड्का,वडा नम्बर २को मैला गाउँमा संगिता बुढा,बाहुनबाडामा रमना पाण्डे,कटेलगाउँ खटिकबाडामा जनपुरा जैसीलाई छनौट गरीएको छ । यसै गरी वडा नम्बर २ र ३ को रोकायाबाडा र बदेलचौरको लागि सुवादेबी हमाल,वडा नम्बर ३ को चौतारी गाउँको लागि अञ्जु नेपाली,थापागाउँको लागि संगिता खत्री,रामा औलको लागि गंगादेबी सिंह,मासपुुरगाउँको लागि धनरुपा भण्डारी र नैकालाको लागि केशरी शाहीलाई छनौट गरेको छ ।
वडा नम्बर ४ को काउला डोब्काको लागि सम्झना ढकाल,उत्तेसेनीका लागि रचना नेपालि,गल्लाबाडा १ को लागिबसुन देखी जैसी,गल्लाबाडा २ को लागिसर्मिला देबकोटा र सिरुपाटाको लागि नानीमैया बुढालाई छनौट गरेको छ । ताँजाकोट गाउँपालिकाको वडा नम्बर ५ को चिहिमा ऐसा बुढा,सेरीको लागि सौरी बुढा,भदौराको लागि अस्मीता बुढा,लोटपाटाको लागि संगिता बैजी,साँत्ती डोप्काको लागि गिता बुढा र दलितबाडाको लागिटाँचा नेपालीलाई छनौट गरीएको प्रमुख प्रशासकिय अधिकृत लालप्रशाद ढकालले जानकारी दिनु भएको छ ।
गाउँपालिकाले आवाहान गरेको दरगास्तमा ६६ जनाको निबेदन परेकोमा २२ जनालाई छनौट गरेको बताउनु भएको छ । महिला स्वयम् सेबीका नियुक्ती गर्ने प्रकृया स्वास्थ्य निति अनुसार विज्ञापन खोलेको स्वास्थ्य संयोजक स्यांकुले जनाकारी दिए ।