बाघको बासस्थान सुरक्षित बनाउन आवश्यक :प्रधानमन्त्री देउवा

२०७८ श्रावण,१४ गते बिहीबार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउन तर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
बाघको बासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले बाघ र मानिसका विचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए । उनले भने– ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए ।