नेपाल पक्षको निष्कर्ष : एकताका लागि थप प्रयास गर्ने

फिल्को मिसन

 

२०७८श्रावण,११ सोमबार
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ । एमालेका दुवै पक्षका सांसद्हरुले एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम राख्न दवाव दिन सुरु गरेका छन् ।सोमबार बानेश्वस्थित क्वालिटी बैंक्वेटमा बसेको बैठकमा एकतालाई मजबुत बनाउने विषयमा अधिकांश नेताले धारणा राखेको भएपनि कुनै ठोस निष्कर्ष निस्किएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । यसअघि आइतबार बसेको बैठकमा पनि नेताहरुले पार्टी एकतामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस