पार्टी जोगाउन नेपाल पक्षका नेता कार्यकर्तालाई ओलीको आग्रह

फिल्को मिसन

२०७८श्रावण,१०गते आइतबार
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउनको लागि एकतामा फर्कन बरिष्ठ नेता माधब कुमार नेपाल पक्षका नेताहरुलाइ आग्रह गर्नुभएको छ ।
नेपाल महिला संघको आजको भर्चुअल बैठकमा ओली नेता नेपाल प्रति आक्रामक देखिनुभयो । नेपालले पार्टी ध्वस्त बनाएको भन्दै नेपालको आलोचना गर्नुभयो । ओलीले एमाले पार्टीलाई जोगाउन नेपाल समूहमा रहेका नेता कार्यकर्ताहरुलाई फर्कन आग्रह गर्नुभयो ।
नेपालको पछि लागेर आफ्नो भविष्य सखाप नपार्न भन्दै अध्यक्ष ओलीले उनीहरुलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ । पार्टी विरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन कार्यकर्ताहरुलाई ओलीले आग्रह गर्नुभयो । नेपाल समूह सत्तारुढ गठबन्धनबाट नबाहिरिएसंगे ओली नेपालप्रति थप आक्रोशित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस