नेपाली कांग्रेसका सिंहले सांसद पदबाट दिए राजीनामा
२०७८श्रावण ६गते बुधबार
काठमाडौं । नेपाली कांग्रेसका सांसद् अमरेश कुमार सिंहले पार्टी सभापति एवम् प्रधनमन्त्री शेर बहादुर देउवालाई सांसद् पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् । पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका सम्बन्धमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्।
आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं. २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन्।
निधिको व्यवहारका कारण प्रदेशमा कांग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उहाँको भनाई छ । सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन्। धर्नामा बसेकाहरुको मागमा ऐक्यबद्धता जनाउँदै सांसद् सिंहले राजीनामा बुझाएका हुन् ।