मन्त्री बन्नको लागि माओवादी नेताहरूको डेलिगेसन
२०७८श्रावण ६गते,बुधबार
काठमाडौं । देउवा नेतृत्वको सरकारमा मन्त्री बन्नको लागि आकांक्षीहरु माओवादी केन्द्र पार्टीका शीर्ष नेताका घरमा ‘डेलिगेसन’ धाउन थालेका छन ।
यसै बिषयलाई टुङ्ग्याउनको लागि नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकको आज बस्ने अध्यक्ष प्रचण्डका प्रेससल्लाहाकार बिष्णु सापकोटाले जानकारी दिनु भयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे हुने बैठकमा सरकारमा मन्त्रीका रुपमा पठाइने नेताहरुका बारेमा छलफल हुने बताइएको छ ।माओवादीले सरकारमा नयाँ अनुहारलाई पठाउने स्पष्ट अनौपचारिक घोषणा गरेपनि बैठकको माध्ययमबाटै औपचारिक निर्णय आउने देखिन्छ ।
मंगलबार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री शेर बहादुर देउबासहित गठबन्धनका शीर्ष नेताहरुलाई भेटी छलफल भएको थियो ।