सरकारले साउन ६ गते दिनमा सार्वजनिक बिदा

फिल्को मिसन

२०७८श्रावण ४गते, सोमबार
काठमाण्डौ । सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस