देउवा नेतृत्वको सरकारले राजदूत नियुक्ति खारेज सहित तिन जना सचिवमा बढुवा
२०७८श्रावण ४गते, सोमबार
काठमाडौं । प्रधानमन्त्री देउवको नेतृत्व सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज सहित तिन जनासहसचिव बाट सचिवको बढुवा गरेको छ । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को आज बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको जानकारी दिनुभयो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बसेको बैठकले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको हो । त्यसै गरि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा.रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् । त्यस्तै प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।