प्रचण्डको सुरक्षामा डिएसपीको कमाण्डमा थप प्रहरी थपिए

फिल्को मिसन

२०७८श्रावण ४गते, सोमबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा डिएसपीको कमानामा नेपाल प्रहरीको संख्या थपिएका छन् ।
गएको फागुन महिनाको पहिलो हप्तामा प्रचण्डको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि वाइसिएलको टीमले सुरक्षा गरेका थिए । नेपाली कांग्रेसका सभापति तथा नवनिर्वाचि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डको सुरक्षामा विशेष ध्यान दिँदै डिएसपीको कमाण्डमा खटाइएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले सुरक्षा थ्रेट मूल्यांकन गरेर गृहबाट सुरक्षाकर्मी थपगरेको बताए । केहि समय अगाडि पुर्व प्रधानमन्त्री केपी शार्मा ओलीले प्रचण्ड आन्दोलनका बेला सुरक्षाकर्मी फिर्ता गराएका थिए । देउवा नेतृत्वको सरकार आएसँगै दुई दिनदेखि पहिले जस्तै गरी डीएसपीको कमाण्डमा सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरीका डीएसपीको कमाण्डमा २६ र सशस्त्रका इन्स्पेक्टरसहित ४७ जनाको टीम प्रचण्डको सुरक्षामा खटिएका थिए

प्रतिक्रिया दिनुहोस