हृदयघात बाट पिडीत बोहराको अप्रेसन सफल

फिल्को मिसन

२०७८ साउन १ गते शुक्रबार
काठमाडौं ।हृदयघात भएर अस्पतालको सैयामा रहेका बोहराको अप्रेसन सफल भएको छ ।गएको असार २१ गते हृदयघात भएका बोहराको स्वास्थ्यमा अपेक्षित रुपमा सुधार नभएपछि आज मुटुको भल्वको सल्यक्रिया सफल भएको हो ।२३ गते मुगु जिल्लाको अस्पतालबाट हेलिकोप्टरमा काठमाडौं लगिएका बोहरालाई अप्रेसन गरेर मुटुमा पेसमेकर राखिएको उनकी श्रीमती सम्झना रोकायाले बताइन् ।
हृदयघात भएपछि मुगुको चाल निकै सुस्त भएका बोहरालाई आज (शुक्रबार) अप्रेसन गरिएको हो । मुटुको भल्ब राम्रोसँग चल्न नसकेपछि मुटुमै पेसमेकर (ब्याट्री) राखिएको किर्डाक नेपालका निर्देशक गोविन्दबहादुर शाहीले बताए ।आजको अप्रेसन पछि मुटुको चालको अवस्था राम्रो नभएसम्म आगामी आइतबारसम्म अस्पतालमै राखिने र त्यसपछि स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गर्ने अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस