प्रधानमन्त्री देउवा सरकारी निवास वालुवाटार प्रवेश
२०७८ साउन १ गते शुक्रबार
काठमाण्डोैं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार स्थित सरकारी निवास प्रवेश गर्नुभएको छ । मंगलबार प्रधानमन्त्रीको शपथ लिनुभएका प्रधानमन्त्री देउवा आज बिहान बूढा नीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सर्नुभएको हो । बिहान १० ः ३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गर्नुभएका प्रधानमन्त्री देउवालाई बूढानीलकण्ठ देखि बालुवाटार सम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए । सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । १४६ सांसदले हस्ताक्षर सहित बुझाएको रिटमाथि फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।