‘हिरा बोहरा बचाउ’ अभियानमा अदानचुली अध्यक्ष फडेराद्धारा एक लाख सहयोग
२०७८असार ३१गते , बिहीबार
हुम्ला । हृदयघात भएर उपचारमा आर्थिक समस्या भएका हिरा बोहराको उपचारमा अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एक लाख आर्थिक सहयोग गरेका छन् ।बोहरोको उपचारमा चरम आर्थिक समस्या भएपछि सहयोग जुटाउन शुरु गरिएको ‘हिरा बोहरा बचाउ अभियान’ मार्फत अध्यक्ष फडेराले एक लाख आर्थिक सहयोग गरेका हुन् । अध्यक्ष फडेराले अभियानमार्फत बोहराकी श्रीमती सम्झना रोकायाको राष्ट्रिय बाणीज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०१००००९९८२०१० मा अदानचुली स्थित ग्लोवल आइएमई बैंकबाट उक्त रकम सहयोग गरेको जानकारी दिए । यूवा अवस्थामै त्यस्तो रोग लागेका बोहराको उपचारमा आर्थिक अभाव नहोस् भन्नका लागि सहयोग गरेको बताएका अध्यक्ष फडेराले अँझै समस्या भए आफू संस्थागत र व्यक्तिगत रुपमा सहयोग गर्न तयार भएको जानकरी दिए ।
गएको असार २१ ग्त अचनाक हृदयघात भएका बोहरालाई जिल्लामा उपचार संभव नभएपछि हेलिकोप्टर रिर्जभ गरेर गंगालाल हृदयरोग केन्द्र बाँसवारीको सिसियू कक्षमा उपचार भैरहेको छ । हेलिकोप्टरको चार्टरमशै सात लाख रकम खर्च भएको र अस्पतालमा दैनिक ३० सहजारका दरले रकम खर्च हुन थालेपछि घरको आथिृक अवस्थाले नधान्दा असार २७ गतेदेखि किर्डाक नेपालकाका निर्देशक गोविन्दबहादुर शाही, सिमकोट–५का समाजिक अभियान्ता राजबहादुर रोकाया र पत्रकार नवराज महताराले संयुक्त रुपमा ‘हिरा बोहरा बचाउ’ अभियान सञ्चालन गरेका छन् । योसमाचार तयार पारुञ्जेलसम्म अभियान अन्तरगत व्यक्तिगत तथा संस्थागत रुपमा ९ लाख ७५ हजार ३८५ रकम संकलन भएको छ । नेपाल बोर्डबाट साभार