सर्वोच्चको फैसला पछि फेरी पनि दुई धार एमाले
२०७८असार २८ सोमबार
काठमाडौँ । विपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालत फैसले परमादेश जारी गरि पछि नेकपा एमालेमा दुई धार देखियो छ ।
एमाले नेता माधवकुमार नेपाल निकट नेता विजय पौडेलले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनु पर्ने माग राखेका छन ।
सर्वोच्चको फैसलालगत्तै उनले सोमबार ट्वीटरमा भनेका छन्,‘ आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यू, आफ्ना प्रतिगामी कदमबारे खुलाखुलस्त आत्मालोचना गर्दै अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनुहोस्।’ साथै उनले ओलीले धेरै अपराध गरेकाले अध्यक्षको पदमा बस्न नमिल्नेसमेत दाबी गरेका छन्। उनले थप लेखेका छन्,‘ यतिका धेरै अपराध गरिसकेपछि अध्यक्षको पदमा बस्न मिल्दैन। आफ्नो वरिपरि भएका ती गलत तत्वहरुको कुरा नसुन्नुहोस्।’
यस्तै नेपाल पक्षका भनिएका नेता योगेश भट्टराईर्ले सर्बोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेसको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।’
तर ओली पक्षका नेता महेश बस्नेतले भने सर्वोच्चको फैसला नमान्ने भन्दै यसविरुद्ध देशव्यापी प्रर्दशन चर्काउने चेतावनी दिएका छन्। सर्वोच्चको फैसला लगत्तै सोमबार माइतघरमा ओली निकट युवा संघले आयोजना गरेको विरोध कार्यक्रमलाई संवोधन गर्दै उनले भने,‘ अदालतको फैसलाले नेपालको राजनीतिमा थप बिकृती ल्याउनेछ। यो फैसला निष्पक्षरुपमा नभएर सेटिङमा आएको हो। यसलाई स्वीकार्न सकिन्न।’
सर्वोच्चको संवैधानिक इजलासले सोमबार ओलीले विघटन गरेको संसद पुर्नस्थापनाको फैसला सुनाउँदै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। साथै देउवालाई प्रधामन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका सांसदहरुलाई पार्टी ह्वीप नलाग्नेसमेत निर्णय सुनाएको थियो।