२४ घन्टामा थपिए २१६९ संक्रमित, २२ जना
२०७८असार २६शनिबार
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै आज २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा १ हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने सङ्क्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पीसीआर र ४३ हजार ४५ एन्टिजेन पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ । यसैबीच, अमेरिकी सरकारले अनुदानमा दिन लागेको १५ लाख डोज कोभिड भ्याक्सिन सोमबार बिहान नेपाल आइपुग्ने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सोमबार बिहान खोप आउने जानकारी दिनुभयो । अमेरिकी सरकारले कोभ्याक्स मार्फत् अनुदानमा भ्याक्सिन पठाउन लागेको हो । जोन्सन एन्ड जोन्सनले बनाएको उक्त खोप एक डोज लगाए पुग्ने छ ।