कर्णालीका मुख्यमन्त्री सहित शाहीको टोली अचानक हुम्लामा

अर्जुन बोहरा

२०७८असार २५गते शुक्रबार
सिमकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको तिन जनाको टोली अचान हुम्लामा पुगेको छ ।
मुख्य मन्त्री शाही, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र पुर्व आर्थिक मामिला मन्त्री विमला केसी लगायतको टोलि अपरान्ह चार बजेमात्रै आफूलाई खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलेबताए ।हुम्ला आउनुको उद्देश्य प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेश सभाको बैठक लगातार अवरुद्ध गरिरहेका बेला र आउँदो आइतबार २७ गते प्रदेश सभाको बैठक बस्ने भएकोले आफु हुम्लाको अबस्थाको बारेमा र चिनसंग जोडिएको सिमानाको बारेमा अनुगमन गर्ने आएको नेपाली कांग्रेस संसदीय दलका नेता जिवन बहादुर शाहीले बताए । कतिपय प्रदेशसभाको बैठकमा बजेट पास गर्ने लगायतको कार्याक्रम अबरोध भएपछि तिनैजना हुम्लामा आएका हुन सक्ने एक अट्कलबाजी गरेका छन ।


सिमकोट पुगेलगतै हुम्लीबासी लार्ई प्रदेश सरकारले मुख्यरुपमा पुर्वाधार भनेकै सडक हो, त्यसैमा जोढ दिएका छौं, विद्युत त्यसपछि क्रमिकरुपामा ध्यान दिएका र्छौ’ कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द« बहादुर शाहीले बताए । अर्का नेपाली कांग्रेस संसदीय दलका नेता शाहीले आफु पहिला प्रतिपक्षय दलको भुमिका भएर सिमानाको बारेमा बोल्नेकाम भयो र अहिले पनि सत्ता पक्ष भएर मुख्य मन्त्री समेत लिएर सिमनामा जाने इच्छा अनुसार आएको हुम्लामा आएको बताए ।
केही महिना अघि चीन र नेपाल बीचको सिमाना रहेको नाम्खागाउँपालिका केहि सिमानस्तभ र लुुङजोङमा चीनले नेपाली भू–भाग मिचेको भन्ने विषयमा चर्चा शाहीले चलाएका थिए । एक रात सिमकोट बस्ने गरी आएका मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका शाही समेत लाई हुम्लामा आउनु अर्थपूर्ण रूपमा हेरिएको छ ।་सर्वोच्च अदालतले नेकपा अलग गरेपछि कर्णाली प्रदेशमा अल्पमतमा परेको शाही सरकारलाई कांग्रेसले समर्थन दिएर टिकाएको छ । त्यसको करिब डेढ महिनापछि कांग्रेस पनि दुई मन्त्रालय सहित सरकारमा सहभागी भएको छ ।

कर्णालीका मुख्यमन्त्री र कांग्रेस नेता शाही अचानक हुम्ला पुगेपछि के के भने हुम्ली लाई   ? तल भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस