हुम्लाबाट कोरोना संक्रमितको हेलिकोप्टरमार्फत उद्धार

अनिशा लामा

२०७८असार २३ गते बुधबार
सिमकोट ।हुम्लाबाट एक जना कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत चिकित्सक अमित बिष्टलाई हेलिकोप्टरबाट काठमाडौंमा उद्धार गरिएको हो । उनलाई दुई दिनदेखि स्वासप्रश्वास समस्या देखिएपछि थप उपचारका लागि काठमाडौंको एपिएफ अस्पतालमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
आठ दिनदेखि कोरोना संङ्क्रमित भएपनि छैठौं दिनबाट चिकित्सक बिष्टलाई कोभिड निमोनिया र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको जिल्ला अस्पतालकी सीनीयर अनमी सरिता बोहराले बताइन् । अक्सिजनको मात्रा ६० झरेको र त्यसपछि बिरामी निक्कै आत्तिन थालेपछि बिरामीलाई निको हुने लक्षण नदेखिएकोले थप उपचारका लागि काठमाडौं लगिएको होे ।


दुर्गममा स्वास्थ्य क्षेत्रमा सहयोगमा विगत साढे २ वर्षदेखि गर्दै आएको निक साईमन इन्सिच्युटको आर्थिक सहयोगमा चिकित्सक बिष्ट जिल्ला अस्पतालमा कार्यरत रहदै आएका थिए । यस पटक गरि कोभिडका बिरामी हुम्लाबाट पाँचौ पटक हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला छ । यस पटक हुम्लाबाट काठमाण्र्डौंसम्मा हेलिकोप्टर भाडा साढे ९ लाखमा कोरोना बिरामीको उद्धार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस