जेष्ठ नागरिकलाई कोराना दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश
२०७८असार ८गते मंगलबार
काठमाण्डौं । सर्वोच्च अदालतले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको मंगलबारको एकल इजलासले जेष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले आदेश दिएको हो । अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न भनेको छ । विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख भन्दा बढीले पहिलो डोज खोप लगाइसकेका छन् ।दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरी समेतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।