कोरोना संक्रमणबाट पहिलो पटक हुम्लामा एकजनाको मृत्यु
२०७८ जेठ,२०विहीबार
सर्केगाढ । हुम्लामा कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । एकसाता देखि कोरोना लक्षण सहितको संक्रमण पुष्टि भएपछि सर्केगार्ड–२ का ५७ वर्षका टोप्ले कामीको ज्यान गएको छ । श्वासप्रस्वासमा समस्या देखेपछि थप उपचारका लागि घोडावाट सदरमुकाम सिमकोट जिल्ला अस्पातलमा आउँदै गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले बताए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बृद्धाको एन्टिजेन विधीवाट इलाका स्वाथ्य चौकीले रिपोर्ट लिदा पोजेटिभ आएको अहेव पालले जानकारी दिनु भयो । दुर्गुम गाउँ पालिकमा अक्सीजन नभएकै कारणले उनको ज्यान गएको हो ।
सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गराइरहेको कामीलाई जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा ज्यान गएको रिप स्वास्थ्य चौकी इन्चार्ज चन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।
लामो समयदेखि दम रोग लागेको कामीलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउन लागिएको कार्कीले जानकारी दिए ।
हुम्लामा बुधाबार सम्म कोरोना संक्रमण १६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उनका अनुसार कोरोना लाई ९२ जना जितेर घर फर्किएका छन् भने ७४ जना सक्रिय संक्रमित रहेका छन् ।