कोरोना संक्रमित गरे तामाङले गरे आत्महत्या
२०७८ जेठ, २० विहीबार
सिन्धुपाल्चोक । सन्धुपाल्चोकमा कोरोना संक्रमितले आत्महत्या गरेका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका ५३ वर्षीय रत्नबहादुर तामाङले आत्महत्या गरेका छन्। आइसोलेशन भवनको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्या गरेको आइसोलेशन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले जनाकारी गराउनु भयो ।
गत जेठ १७ गतेदेखि केन्द्रमा रहेका तामाङले आज राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका र केन्द्रमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले उद्दार गरि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको तिमल्सिनाले बताए। सामान्य अवस्थामा उपचाररत तामाङले रातको समयमा झ्यालबाट हाम फाली आत्महत्या प्रयास गरेको र उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जुगल गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।