कोरोना खोपः जेठ २५देखि ग्रामीण क्षेत्रमा केन्द्रित

फिल्को मिसन

२०७८ जेठ, २० विहीबार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ २५ गतेबाट देशभरि खोप अभियान ग्रामीण क्षेत्रमा चलाउने भएको छ ।
सरकारले गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । विभिन्न चरणमा गरेर सरकारले हालसम्म २८ लाख २७ हजारभन्दा बढीलाई खोप लगाइसकेपछि फेरि खोप अभियान संचालन हुन लागिएको हो ।सरकारले हालसम्म खोप अभियान अन्तर्गत कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सांसद, सरकारी तथा वित्तिय क्षेत्रका कर्मचारी अनि ५५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइसकेको छ नेपालमा हालसम्म भारतमा बनेको कोभिशिल्ड र चीनमा बनेको भेरोसेल खोप लगाईएको देखिन्छ ।
खोप अभियानलाई निरन्तरता दिन चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुगेको छ । खोप अभियान जेठ २५ गतेबाट सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप सल्लाहकार समितिका संयोजक डा तारा पोखरेलले बताउनु भयो ।
यसअघि कोभिसिल्ड खोप लगाएकाहरूको सन्दर्भमा खोप निर्माता कम्पनी र कोभ्याक्समार्फत् उपलब्ध हुने खोप समयमै नआउँदा दोस्रो मात्रा खोप लगाउने समय लम्बिएको छ ।

 

प्रतिक्रिया दिनुहोस