खनाल–नेपाल समूहले बोलाए केन्द्रीय कमिटी बैठक

२०७८ जेठ,१९बुधबार
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीमा विवाद उच्च बन्दै गएको बेला माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले विहीबार केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।केन्द्रीय सदस्य युवाराज ज्ञवालीका अनुसार बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा नै छलफल हुनेछ ।
बैठक विहीबार बिहान ११ बजेका लागि तय गरिएको छ । कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा गरिने भएको छ । मंगलबार पार्टी एकता प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने निर्णय गरेर स्थगित भएको एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक बुधबार पनि स्थगित भएको छ ।