कालिकामाई गाउँपालिका अध्यक्षको मृत्यु
२०७८बैशाख,१७शु्क्रबार
पर्सा । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ। केहि दिनदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृत्यु भएको छ। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएको गाउँपालिका
प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहले बताए । एक हप्तादेखि रुघा, खोकी र ज्वरो आएको अवस्थामा उपचार गराउँदै गर्दा आज बिहान साढे २ बजे मृत्यु भएको हो।