टेकअफ गर्दागर्दै हेलिकोप्टरमा ठोक्कियो चरा
२०७७ चैत,३मंगलबार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टरले उडान गर्ने समयमा चरा ठोक्किएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार बिहान पौने १० बजे कठमाडौंबाट गोसाइकुण्डका लागि उडेको प्रभु हेलिकोप्टरमा चरा ठोक्किएको हो । तत्काल हेलिकोप्टरको आकस्मिक अवतरण गरिएका कारण अप्रिय घटना हुन नपाएको उनले बताए । हेलिकोप्टर पाँच यात्रुसहित गोसाइकुण्डका लागि उड्ने तयारीमा थियो । हेलिकोप्टरमा भएको क्षतिबारे भने विस्तृत रिर्पोट नआइसकेको उनले जानकारी दिए ।